PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

बाँकेमा मतदान सम्पन्न, ७२ प्रतिशत मत खस्यो



आकाश क्षेत्री

बाँकेमा मतदान सम्पन्न, ७२ प्रतिशत मत खस्यो

बाँके : नेपालगञ्ज उपमहानगरपालिकालगायत बाँके जिल्लाका सम्पूर्ण नगरपालिका र गाउँपालिकामा मतदान सम्पन्न भएको छ। २३ वटा वडा रहेको नेपालगञ्ज उपमहानगरमा साढे २ लाख भन्दा धेरै मतदाता रहेकोमा ७२ प्रतिशतले मात्र मत खसालेका हुन्।

चर्को घाममा पनि लार्इन लागेर मतदाताले उत्साहपूर्ण तरिकाले मतदान गरेका प्रमुख निर्वाचन अधिकृत तेज नारायण पौडेलले पहिलो पोस्टलार्इ जानकारी दिए।

त्यस्तै, बाँकेका कोहलपुर नगरपालिकामा ७० प्रतिशन र अन्य गाँउपालिकामा ७२ प्रतिशत भन्दा बढी मत खसेको प्रमुख निर्वाचन अधिकृत पौडेलले दावी गरेका छन्।   

उनले मतदानलार्इ सफल बनाएकोमा सबै उपमहानगरबासी र सम्पूर्ण राजनीतिक दल तथा पधादिकारीलगायत सुरक्षा निकायलार्इ धन्यवाद ज्ञापन गरेका छन्। उनले कुल मतमा ५० प्रतिशत खस्नु पनि राम्रो रहेको र समयसँगै नेपालगञ्जका मतदाता पनि परिवर्तन भएका बताए।  

पौडेलका अनुसार मुस्लिम सामुदायको बहुल्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकाका मतदाता स्थानीय प्रतिनिधि छान्न पाउँदा खुसी भएका छन्। उनले भने, 'नेपालगञ्जमा केही छिटपुट घटना बाहेक ठुला अप्रिय घटना घटेको छैन।' उनले मतदान स्थलहरुमा मतदाता उत्साहपूर्वक सहभागी भएका बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell