PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

मिस नेपाल नीकिता चाण्डकले किन गरिनन् मतदान?



पहिलोपोस्ट

मिस नेपाल नीकिता चाण्डकले किन गरिनन् मतदान?

काठमाडौं: मिस नेपाल २०१७ नीकिता चाण्डकले प्रतियोगितामा मोरङ जिल्लाको प्रतिनिधित्व गरिन्। तर प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन भईरहँदा मोरङकी नीकिता चाण्डक भने काठमाडौंमै छिन्।

मिस नेपाल आयोजक हिडन टिजरले दिएको जानकारी अनुसार उनी स्थानीय तहको निर्वाचनमा सहभागी भइनन्। मोरङ उर्लाबारी ६ की चाण्डकको मतदाता नामावलीमा नाम छैन। राधिका माध्यमिक विद्यालय मतदान केन्द्र रहेको वडा नम्बर ६ मा चाण्डक र महेश्वेरी थरका अन्य मतदाताहरुको नाम भए पनि नीकिता चाण्डकको भने भेटिएन।

मतदानबारे नीकिताले भनिन्,'म मोरङ गएको छैन। मैले मिडियालाई अरु केही जानकारी दिन मिल्दैन त्यसैले अन्य जानकारीका लागि हिडन टिजरमा सम्पर्क राख्नु होला।'

उनी मतदानमा सहभागी नभएकोबारे हिडन टिजरले जानकारी दिएको हो। भारतमा बसेर पढ्दै आएकी उनी त्यसैले पनि स्थानीय तहको निर्वाचनको समय काठमाडौं नै बसिन्।

मिस नेपाल घोषित भएपछि अन्तर्वार्ता र फोटो सुटमा व्यस्त उनी विश्व सुन्दरी प्रतियोगिताको तयारीमा लाग्दैछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell