PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

इलाममा मतदान गरी फर्कदै गरेका एक मतदाताको मृत्यु



रासस

इलाममा मतदान गरी फर्कदै गरेका एक मतदाताको मृत्यु

इलामः इलामको रोङ गाउँपालिकाको कोल्बुङ मतदानस्थलमा मतदान गरी फर्किने क्रममा एक मतदाताको मृत्यु भएको छ। 

मतदान गरी फर्कंदै गर्दा बाटोमा एक्कासी बेहोस भएर ढलेका चेतनाथ आचार्यको मृत्यु भएको हो । बेहोस भएर ढलेका आचार्यलाई झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृतक घोषणा गरेका थिए।

रोङ गाउँपालिका–३ का आचार्य दिउँसो मतदान गरी घर फर्किरहेका बेला बेहोस भएका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell