
कोहलपुर : बाँकेको कालाफाँटामा आज आगलागी भएर १३ वटा फुसको घर र केही गोठ जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन। सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो। रासस