PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एक ज्युँदो प्रोफेसरलाई निर्वाचनमा मृत्युको सर्टिफिकेट!

एक ज्युँदो प्रोफेसरलाई निर्वाचनमा मृत्युको सर्टिफिकेट!

अनन्तराज न्यौपाने/पहिलोपोस्ट


विराटनगर : मत खसाल्न काठमाडौंदेखि विराटनगर आइपुगेका प्राध्यापक रामनाथ शर्मा बरालको मतदाता नामावलीमा नाम पाइएन। उनी उजुरी गर्न जिल्ला निर्वाचन कार्यालय पुगे। कार्यालयले तपाईँको त मृत्यु सिफारिस भएको रहेछ, त्यसैले नाम छैन भन्ने उत्तर दियो।

‘मैले निर्वाचनको केन्द्रीय कार्यालयमा समीर थापालाई पनि फोन गरेँ’, विराटनगरको वडा नं. १० का मतदाता प्राध्यापक शर्माले भने, ‘थापाले गाउँपालिकाबाट मृत्युकै सिफारिस आएको छ त के गर्ने भन्ने ठाडो उत्तर दिए। जबकि विराटनगर गाउँपालिका नभएर महानगरपालिका हो। थापाको उत्तर हचुवा लाग्यो।’

मतदान स्थलवरिपरि रामनाथ आफूले २०७० सालमा प्रयोग गरेको मतदाता परिचयपत्र देखाएर आफू जिउँदै रहेको प्रमाण पेश गरिरहेका थिए।
 


ट्रेन्डिङ पोस्ट

Ncell