PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

एसीपिएल : इन्डियन स्टार्सको सान्त्वना जित



पहिलोपोस्ट

काठमाडौं : इन्डियन स्टार्सले काठमाडौंमा भइरहेको एसियन क्लब प्रिमियर लिग (एसीपिएल) क्रिकेट प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ।

बुधबार भएको आफ्नो अन्तिम लिग खेलमा इन्डियन स्टार्सले दुबई वारियर्सलाई २० रनले पराजित गर्दै सुदख अन्त्य गरेको हो। तर ५ खेलबाट २ अंक मात्र जोडेको इन्डियन स्टार्स यसअघि नै लिग बाटै बाहिरिसकेको छ।

यता हारपछि ४ खेलबाट २ अंक मात्र रहेको दुबई वारियर्सको नकआउट राउण्ड पुग्ने अभियानमा धक्का लागको छ। वारियसर्ले अन्तिम खेलमा नकआउट पुगिसकेको नेपाल स्ट्रोमसँग खेल्नेछ।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको इन्डियन स्टार्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो। उसका लागि गुरमित सिंहले ४८ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन राम्रो रहेन।

सतिश कुमारले ४ तथा दीपक अरोहले ३ विकेट लिएपछि दुबई वारियर्सले इन्डियन स्टार्सलाई मध्यम स्कोरमा रोकेको थियो। तर ब्याटिङमा राम्रो गर्न नसक्दा दुबई वारियर्स १८.१ ओभरमा १ सय १८ रनमा अलआउट भयो। दुबईका लागि मोहमद इमरानले सर्वाधिक ४० तथा दावदले नटबउट ३३ रन बनाएपद्दि जितका लागि पर्याप्त रहेन।

इन्डियन स्टार्सलाई एक मात्र जित दिलाउन बलिङमा सचिन कुमारले ३ तथा कुलदीप सिंहले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell