PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

हवाई आक्रमणमा सिरियामा ४० सर्वसाधारणको मृत्यु



रासस

हवाई आक्रमणमा सिरियामा ४० सर्वसाधारणको मृत्यु

दमासकसः सिरियाको पूर्वी प्रान्त देइर अल जोउर प्रान्तमा भएको अमेरिकाआवद्ध सेनाको हवाई आक्रमणमा कम्तीमा ४० सर्वसाधारणको मृत्यु भएको छ। 
राज्यद्वारा सञ्चालित समाचार समिति सानाले हवाई आक्रमणमा ४० सर्वसाधारण मारिएका जानकारी दिएको हो।

सिरियामा सन् २०११ बाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो जारी द्वन्द्वमा परी हालसम्म ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। 

द्वन्द्वका कारण लाखौँ व्यक्ति घाइते भएका छन् भने, लाखौले आफ्नो देशभित्र र विदेशमा शरणार्थी जीवन बितारहेका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell