PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

हराएका वृद्ध तीन दिनपछि जङ्गलमा मृत भेटिए



पहिलोपोस्ट

हराएका वृद्ध तीन दिनपछि जङ्गलमा मृत भेटिए

रत्ननगर: चितवनको भरतपुरमा तीन दिनदेखि बेपत्ता भएका एक वृद्ध बुधबार जङ्गलमा मृत फेला परेका छन्।

भरतपुरको नवजागृति सामुदायिक वनभित्र बुधबार अपराह्न ४ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। भरतपुर महानगरपालिका–११ प्रसिद्धि टोलका स्थानीयवासी ६० वर्षीय शेरबहादुर कुमाल यही असार ११ गतेदेखि बेपत्ता भएका थिए।

स्थानीयवासीले दिएको सूचनाका आधारमा खोजी गर्दै जाँदा उनी मृत अवस्थामा फेला परेका हुन्। उनको खोजीका लागि परिवारबाट चितवन प्रहरीमा निवेदनसमेत परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घटनाको विषयमा अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए। शवपरीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell