
काठमाडौँ: बुधबार सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ। अधिकांश जिल्लामा मतपेटिका ढुवानी गर्ने क्रम सकिएको छ। दोस्रो चरणमा निर्वाचन भएका ३३४ स्थानीय तहमध्ये १६८ स्थानमा मतगणना भइरहेको छ। अन्य स्थानमा पनि मतगणना सुरु हुने क्रममा छ।
आयोगका अनुसार ३३४ स्थानीय तहमध्ये अहिले बिहान ९ः३० बजेसम्म १६८ स्थानीय तहमा मतगणना शुरु भएको छ। प्रदेश १ का १३७ स्थानीय तहमध्ये १०८, प्रदेश ५ का १०९ स्थानीय तहमध्ये ३४ र प्रदेश ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा मतगणना भइरहेको छ।