काठमाडौँ: दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका तीन प्रदेशका अधिकांश मतदान केन्द्रको मतपेटिका संकलन भइसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगले मतदानमा प्रयोग भएका पाँच हजार ६५३ मध्ये पाँच हजार ५९३ मतपेटिका संकलन भइसकेको जनाएको छ।
आयोगका अनुसार अधिकांश जिल्लामा मतपेटिका ढुवानी सम्पन्न भइसकेको छ। प्रदेश नम्बर १ का तीन हजार ७०७ मतपेटिकामध्ये तीन हजार ६४७ ढुवानी भएका छन्।
प्रदेश नम्बर ५ का सबै मतपेटिका ढुवानी भइसकेका छन्। आयोगका अनुसार प्रदेश ५ का ९०९ मतपेटिका पूरै ढुवानी भइसकेका छन्।
यस्तै, प्रदेश ७ का एक हजार ३७ मतपेटिका ढुवानी भइसकेका छन्। प्रदेश ७ मा अब ३६ वटा ढुवानी हुन बाँकी रहेको आयोगले जनाएको छ। प्रदेश ७ को बझाङका २ मतदान केन्द्रमा मतदान स्थगित भएको छ।