PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

कन्फेडेरेसन कप : क्लाउडियो ब्राभोले तीन पेनाल्टी रोकेपछि चिली फाइनलमा

कन्फेडेरेसन कप : क्लाउडियो ब्राभोले तीन पेनाल्टी रोकेपछि चिली फाइनलमा

पहिलोपोस्ट /पहिलोपोस्ट


क्लाउडियो ब्राभोले पेनाल्टी सुटआउट पोर्चुगलका तीन खेलाडीको प्रहार रोकेपछि चिली कन्फेडेरेसन कपको फाइनलमा प्रवेश गरेको छ।

बुधबार रसियाको कजानमा भएको पहिलो सेमिफाइनलमा साउथ अमेरिकन च्याम्पियन चिली युरो च्याम्पियन पोर्चुगललाई पेनाल्टी सुटआउटमा ३-० ले हराउँदै पहिलो पटक फाइनल यात्रा तय गरेको हो।

चिलीले अब उपाधिका लागि जर्मनी र मेक्सिको बीचको विजेतासँग खेल्नेछ।

ब्राभोले पोर्चुगललका रिकार्डो क्वारेस्मा, जाओ माउटिन्हो र नानीको प्रहार रोकेका थिए। पेनाल्टी हान्ने तीनै खेलाडी दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए।

चिलीका लागि अर्टुरो भिदाल, चार्ल्स अराइनगुइज र एलेक्स सान्चेजले सहजै गोल गरे।

यसअघिका खेलहरुमा निर्णायक प्रदर्शन गरेका पोर्चुगलका कप्तान रोनाल्डोले चिली विरुद्ध पेनाल्टी हान्ने अवसर नै पाएनन्। उनी अन्तिममा पेनाल्टी हान्ने तयारीमा थिए तर उनले उक्त अवसर प्राप्त गर्नु अघि नै पोर्चगलको कन्फेडेरेसन कप यात्रा समाप्त भयो।

निर्धारित ९० मिनेट र त्यसपछि थप गरिएको ३० मिनेटमा पनि दुवै तर्फबाट कुनै गोल नभएपछि खेलको टुङ्गो पेनाल्टीसुटआउटबाट भएको हो।

तीन पेनाल्टी रोकेका ब्राभो खेलको म्यान अफ दी म्याच चुनिए। चोटका कारण उनले समूह चरणको सुरुवाती दुई खेल गुमाएका थिए।

म्याच हाइलाइट्स

दोस्रो सेमिफाइनल जर्मनी र मेक्सिकोबीच बिहिबार राती नेपाली समय अनुसार पौने १२ बजे हुनेछ।
 

 

 



ट्रेन्डिङ पोस्ट

Ncell