PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु



पहिलोपोस्ट

हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

दमक: जङ्गली हात्तीको आक्रमणबाट झापाको कचनकवल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका–१ बस्ने ४० वर्षीय मनराज केरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

राति ११ बजेतिर चारकोसे जङ्गलबाट आएका दुईवटा हात्तीले घर भत्काउन थालेपछि हात्ती लखेट्ने क्रममा केरुङलाई आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका केरुङलाई उपचारका लागि मेची अञ्चल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell