PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

मेसी र एन्तोनेलाको विवाहको लागि तयार रोसारियो शहर

मेसी र एन्तोनेलाको विवाहको लागि तयार रोसारियो शहर

पहिलोपोस्ट /पहिलोपोस्ट


वर्तमान विश्व फुटबलकै उत्कृष्ट खेलाडी लियोनल मेसीले भोली (जुन ३०) मा विवाह गर्दैछन्। अर्जेन्टाइन सुपर स्टार मेसीले आफ्नै बाल्यकालको 'स्वीटहार्ट' एन्तोलेना रोकुज्जोसँग विवाह गर्न लागेका हुन्।

विवाहको लागि मेसीले आफू जन्मेको देश अर्जेन्टिनको रोसारियो शहर नै रोजेका छन्। उनीहरुको विवाहको लागि सिटी सेन्टर रोसारियो नामक फाइभ स्टार होटल पूर्ण रुपमा तयार पारिएको छ। त्यस्तै मेसीको विवाहको लागी सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ।

सान्टा फे मा रहेको सिटी सेन्टर रोसारियोलाई पुरै झकिझकाउ बनाइएको छ। उक्त फाइभ स्टार होटेलमा स्पाका साथै आफ्नै क्यासिनो समेत रहेको छ।

विवाहमा मेसीले बार्सिलोनाका सहकर्मीहरुलाई नै बोलाएका छन्। सिटी सेन्टर होटेलमा प्रेसिडेन्टल सुइटसँगै कूल १८८ रुम छ। यस्तै गेस्टहरुका लागि भनेर ग्रस टेनिस कोर्ट पनि बनाइएको छ।

सन् २००८ देखि डेटिङ सुरु गरेका मेसी र एन्तोनेला त्यसपछि विभिन कार्यक्रममा सँगै देखिन थालेका हुन्। उनीहरुको थियागो (४) र माटियो (१) वर्षका छोरा छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell