PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

निर्वाचनमा सत्तापक्षको धाँधलीको प्रयास सेनाले विफल पारेको ईश्वर पोखरेलको दाबी



पहिलोपोस्ट

निर्वाचनमा सत्तापक्षको धाँधलीको प्रयास सेनाले विफल पारेको  ईश्वर पोखरेलको दाबी

पोखराः नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्तापक्षले स्थानीय निकायको निर्वाचनमा शक्ति र सत्ताको आडमा धाँधलीको प्रयास गरेको आरोप लगाएका छन्। 

प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सत्तापक्षले कतिपय स्थानमा धाँधलीको प्रयासका बावजुतपनि दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए। 

महासचिव पोखरेलले सत्तापक्षबाट अछाम, बझाङ, बाजुरा, डोटीलगायतका जिल्लामा धाँधलीको प्रयास गरेको तर सेना परिचालनपछि प्रयास असफल भएको दाबी गरे।

उनले केही स्थानमा मतदान कार्यमा खटिएका कर्मचारी नै मतियार बनेको आरोपसमेत लगाए।

महासचिव पोखरेलले पहिलो चरणको निर्वाचनमा एमाले पहिलो पार्टी बनेको बताउँदै दोस्रो चरणको परिणाम अझ राम्रो हुने दाबी गरे।

उनले मधेसी दलको माग पुरा गराउने नाममा आएको संशोधन प्रस्तावमा एमाले सहमत नहुने स्पष्ट पारे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell