PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रको प्यानलै विजयी



रासस

भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रको प्यानलै विजयी

भोजपुर : भोजपुरमा नेकपा माओवादी केन्द्र विजयी सुरुवात गरेको छ । रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी भएको हो। 

माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार मनोज राईले ३२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पाँचकुमार राईलाई १२ मतले पछि पार्दै विजयी भएका हुन्। 

नौवटा स्थानीय तह रहेको भोजपुरमा पाँच तहको मतगणना जारी रहेको छ। तीन तहमा भने केन्द्रमा मतपेटिका पुगिसकेको र मतगणनाका लागि तयारी भइरहेको र साल्पासिलिछो गाउँपालिकामा भने मतपेटिका निर्वाचन अधिकृतको कायालय पुग्न बाँकी रहेको छ।

थोरै मत खसेकोले तीन दिन भित्र मतपरिणाम आइसक्ने सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए। 

यसैबीच, भोजपुरको पौवादुम्मा गाउँपालिका–६ मा मतपत्रमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको पाइएपछि मतगणना स्थगित भएको छ।

मतगणना गर्ने क्रममा ६ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएपछि बुधबार मध्यरातदेखि सुरु भएको मतगणना अवरुद्ध भएको हो। यसैगरी, भोजपुर नगरपालिकाको मतगणना पनि भर्खरै सुरुभएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell