PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

दार्चुलाको लेकम– १ मा कांग्रेस विजयी 



रासस

दार्चुलाको लेकम– १ मा कांग्रेस विजयी 

भीमदत्तनगर : स्थानीय तह दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ। 

लेकम गाउँपालिका– १ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रसिंह बोहराले २९२ मत तथा नेकपा माओवादी केन्द्रका तारासिंह बोहराले २१३ मत प्राप्त गरे। सो वडामा एक हजार ८० मत खसेको थियो। 

लेकममा जारी मतगणनामा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उत्तम नाथले ३४९ मत, एमालेका परमानन्द जोशीले ३४८ तथा माओवादी केन्द्रका रामदत्त जोशीले २४६ मत प्राप्त गरेका छन्। 

जिल्लाका अन्य नगरपालिका र गाउँपालिकामा पनि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell