PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

दाङको गढवा–८ र राप्ती गाउँपालिका–९ मा माओवादी केन्द्र विजयी



रासस

दाङको गढवा–८ र राप्ती गाउँपालिका–९ मा माओवादी केन्द्र विजयी

दाङ : दाङको गढवा गाउँपालिका वडा नं ८ मा नेकपा माओवादी केन्द्रको समूह विजयी भएको छ। 

अध्यक्षमा सद्धाम सिद्दिकी १०७ मत प्राप्त गरी विजयी भएका हुन्। त्यस्तै महिला सदस्यमा मनमाया गुरुङ, दलित महिला सदस्यमा विमला विक तथा सदस्यमा चन्द्रबहादुर विक र नारायणसिंह थापा विजयी भएका छन्। कुल मतदाता ४९८ रहेकामा ३४७ मत खसेको थियो। 

त्यस्तै, राप्ती गाउँपालिका वडा नं ९ का अध्यक्षमा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर २०१ मतसहित पूरै समूह विजयी भएको छ।

महिला सदस्यमा कुवाँरीदेवी कार्की, दलित महिला सदस्य देउकला कामी तथा सदस्यमा अलि महम्मद मियाँ र दधी बराल विजयी भएका छन्। सो वडामा कुल मतदाता ५८३ रहेकामा ४५७ मत खसेको थियो। 

त्यस्तै राप्ती, गढवा, राजपुर, बङ्गलाचुली, शान्तिनगर र दङ्गीशरण गाउँपालिकामा मतगणना भइरहेको छ। 

त्यस्तै, घोराही र तुलसीपुर उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। दुई लाख ९१ हजार १७५ जना मतदाता रहेको दाङमा दुई लाख १८ हजार ३३९ अर्थात् ७४ दशमलव ९९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय दाङले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell