PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

अब नेपालमा पनि 'नेक्स्ट सुपर टप्स मोडल'



पहिलोपोस्ट

अब नेपालमा पनि 'नेक्स्ट सुपर टप्स मोडल'

काठमाडौँ: मोडल सङस नेपालले 'नेक्स्ट सुपर टप्स मोडल नेपाल' प्रतियोगिता आयोजना गर्ने भएको छl नेपालमा पहिलोपटक महिला तथा पुरुषहरुको लागि यो मोडलिङ प्रतियोगिता आयोना हुने भएको हो। प्रतियोगिताको यहि असार १७ गते शनिबारबाट द ग्रीन क्याफे तिनकुनेमा अडिशन सुरु हुने भएको छ।

अन्तराष्ट्रिय स्तरका सौन्दर्य एवं मोडलिङ प्रतियोगिताहरुमा नेपालबाट प्रतिनिधित्व पठाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागेको आयोजक मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले बताएl प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० वर्षसम्म उमेर समुहकाले भाग लिन पाउने छन्। प्रतियोगिहरुमध्ये महिलाको उचाइ ४' ५" र पुरुष ५'५" भन्दा माथि हुनुपर्ने आयोजकले जानकारी दिए।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगिहरुलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने बताइएको छ। सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell