धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ। सर्वदलिय बैठकपछि विहान ९ बजेबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए।
बुधवार भएको मतदानमा धनगढी उपमहानगरपालीकामा ७८ हजार ३ सय मतदाता रहेपनि ७० प्रतिशत मात्र मत खसेको छ।
अहिलेसम्म २ सय मतपत्र गनिसकेको अधिकृत महाराले जानकारी दिए। एक साता भित्र मतगणना गरिसक्न निर्वाचन आयोगले कर्मचारीहरुलाई निर्देशन दिएको छ।