PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

नेपालगञ्ज उपमहानगरको मतगणना सुरु, तीन दिनभित्र सम्पूर्ण नतिजा सार्वजनिक हुने 



आकाश क्षेत्री

नेपालगञ्ज उपमहानगरको मतगणना सुरु, तीन दिनभित्र सम्पूर्ण नतिजा सार्वजनिक हुने 

बाँके :  निर्वाचन आयोगले नेपालगञ्ज उपमहानगरपालिकाको मतगणना सुरु गरेको छ। मतगणनाको सम्पूर्ण व्यवस्थापन सकिएकाले मतदान भएको दोस्रो दिन आज १ नम्बर र २३ नम्बर वडाबाट मतगणना सुरु भएको हो।

पहिलो पोस्टसँग कुरा गर्दै प्रमुख निर्वाचन अधिकृत तेजनारायण पौडेलले मतगणनाको सम्पूर्ण नतिजा ३ दिन भित्र सार्वजनिक गर्ने जानकारी दिए ।
प्रमुख निर्वाचन अधिकृत पौडेलले मतगणनामा संलग्न कर्मचारीको संख्या हेरेर मतगणना हुने र मतगणनाको काम ३ ठाउँबाट हुने जानकारी दिए।

बाँके जिल्लाका अन्य नगरपालिका र गाउँपालिकाको मतगणना सुरु गरिसकेको र केहीको सुरु गर्ने तयारी गरेको छ। २३ वटा वडा रहेको नेपालगञ्ज उपमहानगरमा साढे २ लाख भन्दा धेरै मतदाता मध्य ७२ प्रतिशत मतदाताले मात्र मतदान गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell