
बैतडी : बैतडीको पुर्चौडी नगरपालिका– १ मा वडा अध्यक्षसहित कांग्रेसको पुरै प्यानल विजयी भएको छ।
वडा अध्यक्षमा कांग्रेसका गणेशबहादुर गडाल ४२९ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जनकबहादुर धानुकले ३६० मत ल्याए।
दलित महिला सदस्यमा राधिका ओड ४२६, महिला सदस्यमा विन्देश्वरी जोशी ३८१, खुलासदस्यमा जगतसिंह भण्डारी ४११ र हिक्मत जागरी ४२४ मत प्राप्त गरी विजयी भएका छन्।
पुर्चौडी नगरपालिकाको प्रमुखमा कांग्रेसका दीपकबहादुर बमले ४५९, माओवादी केन्द्रका रणबहादुर कुँवरले २८३ र एमालेका कर्णबहादुर कुँवरले १०९ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा कांग्रेसकी उत्तरा नेपाल सार्की ३८१, माओवादी केन्द्रकी जानकी ऐर बमले ३६४ र एमालेकी जानकी साउदले ६८ मत प्राप्त गरेका छन्।
पञ्चेश्वर–१ मा एमाले विजयी
पञ्चेश्वर गाउँपालिका– १ को वडा अध्यक्षमा नेकपा एमालेका रणबहादुर चन्द ४९२ मत प्राप्त गरी विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जमनसिंह साउदले ३२५ मत प्राप्त गरे। सो वडामा एमालेको प्यानल विजयी भएको छ।
पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्दले ५४२, माओवादी केन्द्रका रमेशबहादुर चन्दले ३९८ र कांग्रेसका दिनेशबहादुर चन्दले ३१० मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा एमालेका बिना भट्टले ५२८, माओवादी केन्द्रका मञ्जु चन्दले ४५२ र कांग्रेसका विन्दु चन्दले २८४ प्राप्त गरेका छन्। रासस