
२१ औं संस्करणको विश्वकप फुटलब आउन अब एक वर्ष भन्दा कम समय बाँकी छ। अहिले कन्फेडेरेसन (अन्तर महादेशीय) कप भइरहेको रसियामा २०१८ को विश्वकप फुटबल आयोजना हुँदैछ।
आयोजक रसिया कन्फेडेरेसन कपको समूह चरणबाटै बाहिरिसकेको छ तर रसियाले विश्व फुटबलको महाकुम्भ आयोजना गर्नका लागि तयारीमा भने कुनै कसर बाँकी राखेको छैन।
रसियाले विश्वकप आयोजना गर्न लागेको यो पहिलो पटक हो।
रसियामा हुने २१ औं संस्करणमा कति राष्ट्रले खेल्दैछन्, कहिले सुरु हुँदैछ, कहाँ कहाँ प्रतियोगिता हुँदैछ, अहिलसेसम्म कति राष्ट्र छनोट भए, टिकटको मूल्य कति होला लगायतका जानकारी समेटेर गोलडटकम मा प्रकाशित लेखको भावानुवाद :
२१औं संस्करणको फिफा विश्वकप-२०१८ को समरमा रसियामा हुँदैछ। प्रत्येक चार वर्षमा हुने विश्वकप फुटबल भन्दा यस पृथ्वीमा अन्य कुनै ठूलो स्पोर्ट इभेन्ट छैन जसले ओलम्पिक गेम भन्दा धेरै टेलिभिजन दर्शकलाई आकर्षण गर्छ।
विश्वकप कहिलेबाट सुरु हुन्छ?
विश्वकपको पहिलो खेल आयोजक रसियाले खेल्नेछ। २०१८ जुन १४ मा स्थानीय समयअनुसार बेलुका ६ बजे खेल हुनेछ। उक्त खेल समूह ए मा रहने 'ए टू' टीम र रसियाबीच हुनेछ। खेल लुजनिकी स्टेडियममा हुनेछ, फाइनल खेल पनि त्यही स्टेडियममा सञ्चालन हुनेछ।ओपनिङ डे मा एकमात्र खेल हुनेछ। त्यसपछि समूह चरणअन्तर्गत प्रत्येक दिन ३/४ खेल हुनेछन्।
जुलाई १५ आइतबार विश्वकप सकिनेछ। मस्कोमा फाइनल खेल पनि ६ बजे नै सुरु हुनेछ। तेस्रो स्थानको लागि त्यसको एकदिन अघि खेल हुनेछ।
दुई सेमिफाइनल खेल जुलाई १० र ११ मा हुनेछ। अन्तिम चार खेलहरु मस्कोमा रहेको लजुनिकी स्टेडियम र सेन्ट पिटर्सवर्गमा रहेको क्रेस्टोभ्स्की स्टेडियममा हुनेछ।
विश्वकप कहाँ आयोजना हुनेछ?
रसियाको ११ शहरका विभिन्न १२ वटा स्टेडियममा विश्वकपका हुनेछन्। ट्राभल टाइम कम गर्नका लागि सबै स्टेडियमा युरोपियन रसियामै रहनेछ।१२ मध्ये १० स्टेडियम कि त नयाँ बनाइनएको छ कि बितेको ५ वर्षयता पुनर्निर्माण गरिएको हुनेछ।
दुई स्टेडियम मस्कोमा रहेको लुजनिकी र येकातेरिनवर्गमा रहेको सेन्ट्रल स्टेडियममा मात्र विश्वकपका लागि पूरै रिनोभेट गरेर बनाइएको हो।
विश्वकप ड्र कहिले हुन्छ?
विश्वकपका लागि २०१७ डिसेम्बर १ मा दिन राजधानी मस्कोमा समूह विभाजन गरिनेछ। मस्को क्रेमलिनको भित्र स्टेट क्रमलिन प्यालेसमा ड्र गरिनेछ।स्टेट क्रेमलिन प्यालेस कम्युनिस्ट पार्टीको मिटिङका लागि निकिता ख्रुशचेभले बताउन लगाएका हुन्। तर शोभियत रुसको विघटनसँगै यो कन्सर्ट हलमा परिणत भएको छ।
पूरा क्रेमलिन आक्रमणबाट जोगाउनका लागि मजबुत तरिकाले बनाइएको कम्प्लेक्स हो, जहाँ रसिया फेडेरेसनको राष्ट्रपति भ्लादमिर पुटिनको रेसिडेन्स पनि छ।
अहिलेसम्म कति टिम छनोट भए?
अहिलेसम्म जम्मा ३ टीम मात्र रसिया विश्वकपका लागि छनोट भइसकेका छन्।जसमा आयोजकको हैसियतामा युरोपेली क्षेत्रबाट रसिया सिधै छनोट भइसकेको छ भने दक्षिण अमेरिकी क्षेत्रबाट ब्राजिल तथा एसियाबाट इरान छनोट भएका छन्।
अहिले पनि छनोट चरणका खेलहरु भइरहेका छन्।
विश्वकपका लागि टिकट कसरी किन्न सकिन्छ?
कन्फेडेरेसन कप सकिएको केही समयपछि नै फिफाको वेबसाइटमा टिकट बिक्रीका लागि राखिनेछ। तर, अहिले नै निश्चित मिति भने तय भएको छैन। फिफाका अनुसार फ्यानले एउटा टिकटका साथै कुनै विशेष टिम अर्थात होस्ट सिटीमा हुने मल्टिपल म्याचका लागि टिकटको प्याकेज नै खरिद गर्न सक्नेछन्।इन्डिभिडुयल टिकेटलाई चार क्याटेगोरिका छुट्टाइएको छ। र, प्रत्येक क्याटेगोरीको प्राइजका लागि युएस डलर बाट पाउण्डमा कन्भर्ट गरिएको छ।
क्याटेगोरी ४ को टिकट रसियन बासिन्दाको लागि मात्र उपलब्ध हुनेछ र रुबेल्समा कन्भर्ट गरेर पैसा तिर्न सकिनेछ।
विश्वकप टिभीमा कसरी हेर्न सकिन्छ?
२०१४ को विश्वकप बिबिसी र आइटिभीले युकेका लागि संयुक्त रुपमा टिभी राइट्स लिएका थिए। उनीहरुले अर्को दुई टुर्नामेन्टको लागि पनि फिफासँग डिल गरेको छ। जसले गर्दा २०२२ को टुर्नामेन्ट पनि लाइभ गर्नेछ। उक्त डिलको कस्ट भने खुलाइएको छैन तर २०१० र २०१४ को दुई टुर्नामेन्टको लागि २२० मिलियन पाउण्ड बराबरको डिल भएको थियो।बिबिसी वन र आइटिभी दुवैले फाइनल प्रसारण गर्नेछन् तर बाँकी खेलहरु भने प्रसारण गर्नेछन्। २०१४ मा बिबिसीले सुरुमा राउण्ड अफ-१६ र सेमिफाइनल म्याच चुज गरेको थियो भने आइटिभीले क्वाटरफाइनल रोजेको थियो। अमेरिकामा फक्सले अंग्रेजीमा विश्वकप प्रसारण गर्नेछ भने तेलेमुन्डोले स्पानिसमा प्रसारण गर्नेछ। उनीहरुको संयुक्त १ बिलियन डिलमा २०२२ को विश्वकपसँगै २०१५ र २०१९ को महिला विश्वकप पनि समावेश छ। न्यूयोर्क टाइम्सका अनुसार फक्सले ४०० मिलियन तथा तेलेमुन्डोले ६०० सम मिलयन तिरेका छन्।
विश्वकप जित्नका लागि को को फेभरेट छन्?
ओडसकरका अनुसार डिफेण्डिङ च्याम्पियन समेत रहेको जर्मनी विश्वकप जित्ने सम्भावित मध्ये सबैभन्दा अगाडि छ। उसका अनुसार जर्मनीको सम्भावना ६/१ छ।योकिम लो को टिममा पूर्व कप्तान फिलिप लाहम हुने छैनन्। उनले सन्यास लिइसके। यस्तै रसियामा बास्टियन स्वाइन्सटाइगर पनि हुने छैनन्। तै पनि जर्मनीमा मानुएल नोए, माट्स हुमेल्स, टोनी क्रुस, मेसुट ओजिल, थोमस मुलर जस्ता स्टार छन्।
विश्वकपको युरोपियन छनोटमा जर्मनी समूहका सबै ६ खेल जित्दै शीर्षमा छ भने २७ गोल गरिसकेको छ।
दोस्रो फेभरेट टीम ब्राजिल हो। ब्राजिलको सम्भावना ७/१ छ।
यस्तै स्पेन, अर्जेन्टिना, फ्रान्स, बेल्जियम, इटली, इंगल्याण्ड र पोर्चुगल पनि सम्भावित दाबेदारको रुपमा व्याख्या गरिएको छ। तर, त्यसका लागि यी सबै टिम पहिला छनोट हुनुपर्नेछ।
गोल्डेन बलको लागि को लायक?
विश्वकपको उत्कृष्ट खेलाडीलाई गोल्डेन बल प्रदान गरिनेछ। यस वर्षको बालोन डे अर को होडमा रहेका खेलाडीहरुले को अगाडि छन् भनेर संकेत गर्छ।यस लिस्टमा स्वभाविक रुपमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी अगाडि छन्। सन् २०१४ को फाइनलमा अर्जेन्टिना जर्मनीसँग हार्दा पनि मेसीले २०१४ उक्त अवार्ड पाएका थिए। जसमा थोमस मुलर दोस्रो स्थानमा रहे। यदि जर्मनीले च्याम्पियन यात्रा दोहोराए मुलरसँगै टोनी क्रुस र मानुएल नोए पनि अगाडि हुनेछन्।
यसबाहेक ब्राजिलका नेमार, फ्रान्सका एन्टोनी ग्रिजमन र पउल पोग्वा तथा स्पेनका सर्गियो रामोसको पनि नाम अगाडि छ।
रोचक के छ भने सन् १९९४ यता विश्वकप जित्ने राष्ट्रका खेलाडीले गोल्डेन बल जित्न सकेका छैनन्। त्यतिखेर ब्राजिलले विश्वकप जित्दा ब्राजिलकै रोमारियो उत्कृष्ट खेलाडी चुनिएका थिए।
त्यसयता गोल्डेन बल जित्ने रोनाल्डो, ओलिभर काहन, जिनेदिन जिदान र मेसी सबै टीम विश्वकप उपविजेता बनेपनि उत्कृष्ट खेलाडी बने। २०१० मा उरुग्वे तेस्रो हुँदा डिएगो फोर्लानले गोल्डेन बल जितेका थिए।
ओलिभर प्लाट (गोल डट कम)