PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

पञ्चेश्वर– ६ मा राप्रपा विजयी



रासस

पञ्चेश्वर– ६ मा राप्रपा विजयी

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका–६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी समूहसहित विजयी भएको छ। 

पञ्चेश्वर– ६ को वडा अध्यक्षमा राप्रपाका रामसिंह पुजारा २५६ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका इन्द्र भण्डारीले १८४ मत प्राप्त गरे। 

महिला सदस्यमा सरस्वती पन्त भण्डारी, दलित महिला सदस्यमा शकुन्तला औजी, खुला सदस्यमा गोविन्दसिंह भण्डारी र कृष्णसिंह भण्डारी मत प्राप्त गरी विजयी भएका छन्। 

यस्तै, दशरथचन्द नगरपालिकामा राप्रपाले अग्रता लिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार २०० मत गनिसक्दा नगरप्रमुखमा राप्रपाका पुष्करराज जोशी ‘लख्खाभाइ’ले ८८, नेपाली कांग्रेसका नरेन्द्रसिंह थापाले ५१, नेकपा एमालेका देवदत्त भट्टले ३३ र नेकपा माओवादी केन्द्रका खिमानन्द भट्टले १० मत प्राप्त गरेका छन्।

उपप्रमुखमा राप्रपाकी अम्बिकादेवी भण्डारीले ६४, कांग्रेसकी मीना चन्दले ५८, एमालेकी सरस्वती नेपालीले २४ र माओवादी केन्द्रकी कमला कार्कीले १२ मत प्राप्त गरेकी छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell