PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

जमिन बाँझो राख्न नपाइने मस्र्याङ्दी गाउँपालिकाको निर्णय



रासस

जमिन बाँझो राख्न नपाइने मस्र्याङ्दी गाउँपालिकाको निर्णय

लमजुङ : लमजुङको मस्र्याङ्दी गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्र जमिन बाँझो राख्न नपाइने निर्णय गरेको छ। 

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाभित्र रहेको जमिनको अधिकतम् उपयोग गरी आर्थिक प्रवद्र्धनमा टेवा पुर्याउन विशेष प्राथमिकताका साथ भू–उपयोग नीति अवलम्बन गर्ने निर्णय गरेको हो। 

बैठकले गाउँपालिकाबाट प्रवाह गरिने सेवाहरु र प्रशासनिक कामलाई छिटोछरितो र व्यवस्थित बनाउन सम्पूर्ण वडा कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउने निर्णय पनि गरेको छ। 

पहिलो बैठकमा १७ बुँदे निर्णयमा एक गाउँ एक ल्यान्डफिल्ड साइट निर्माण, पञ्चवर्षे गुरुयोजना निर्माण, पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि वृत्तचित्र निर्माण र प्रचारप्रसार, समयको व्यवस्थापनलगायत विद्युत् र टेलिफोन सेवामा देखिएको समस्यालाई सम्बोधन गर्ने निर्णय गरिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell