PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

वर्षायाम सुरु भएसँगै डोल्पाली दूषित पानी पिउन बाध्य



रासस

वर्षायाम सुरु भएसँगै डोल्पाली दूषित पानी पिउन बाध्य

डोल्पा : वर्षायाम सुरु भएसँगै पानीका मुहान बढेपछि डोल्पावासी दूषित पानी पिउन बाध्य भएका छन्। 

वर्षायाम सुरु भएसँगै निरन्तर रातको समयमा भइरहेको वर्षात्ले खानेपानीको मुहानमा फोहर बगाएर ल्याउने गरकाले खानेपानी दूषित भएको हो। 

स्वच्छ पानी नहुँदा त्यही दूषित पानी पिउनुपर्ने बाध्यता रहेको त्रिपुरा सुन्दरी नगरपालिकाका दुर्गाप्रसाद देवकोटाले बताए। डोल्पाको त्रिपुराकोट, गल्ली, रल्ली, खदाङलगायतका दर्जनौँ बस्तीमा स्वच्छ खानेपानीको अभावमा अहिले पनि सिधै खोलाको पानी भरेर पिउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। 

जिल्लाका अधिकांश गाउँ बस्तीका धारामा पानी ल्याउन मुहानको रुपमा सिधै खोला प्रयोग गरिएकाले पनि वर्षात्मा डोल्पालीले दूषित पानी पिउनुपर्ने बाध्यता भएको त्रिपुरा सुन्दरी नगरपालिका–१ का दिलीप गिरीले बताए। 

दूषित पानी पिउन थालेपछि गाउँका अधिकांश सर्वसाधारणमा रुघाखोकी, विषमज्वर, पखालालगायतको सङ्क्रमण देखिन थालेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell