PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

वर्षा नहुँदा सप्तरीमा दुई प्रतिशत मात्र धान रोपाइँ



रासस

वर्षा नहुँदा सप्तरीमा दुई प्रतिशत मात्र धान रोपाइँ

राजविराजः  असारको १५ अर्थात् आज धान दिवसका दिनसम्म आइपुग्दा सप्तरीमा दुई प्रतिशतमात्र धान रोपाइँ भएको छ। 

यसवर्ष असारको सुरुमै पर्याप्त वर्षा नहुँदा रोपाइँमा कमी आएको जिल्ला कषि विकास कार्यालयले जनाएको छ। 

अहिलेसम्म एक हजार ४०० हेक्टर जग्गामा मात्र धान रोपाइँ भएको छ । 
समयमा वर्षा नभएपछि गतवर्षको तुलनामा यसवर्ष पनि खडेरीको मार खेप्नुपर्ने देखिएको किसान बताउँछन्। 

जेठ र असारको पहिलो साता केही वर्षा भएपनि त्यसपछि वर्षा नभएकाले केही किसानले सुख्खा खेतमा पम्पसेटमार्फत रोपाइँ गर्दै आएका छन्। 
सिँचाइको सधैँ अभाव खेप्दै आएका जिल्लावासी समयमा पर्याप्त मात्रामा पानी नपर्नाले अधिकांश खेतमा अहिलेसम्म रोपाइँ हुन नसकेको किसान  हरिशङ्कर विश्वासले बताए। 

मुलुककै पुरानो नहरका रुपमा रहेको चन्दर नहर जीर्ण भइ मर्मत नगरिएकाले यहाँका किसानले समयमै खेतमा पानी पटाउन नपाएका हुन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell