PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

सलमानलाई पनि सय करोड कमाउन सकस



पहिलोपोस्ट

सलमानलाई पनि सय करोड कमाउन सकस

दबंग अभिनेता सलमानको खानको पछिल्लो फिल्म 'ट्युबलाईट'ले समिक्षकहरुको राम्रो साथ पाएन। सलमानका फ्यानहरुले समेत फिल्मलाई उती सारो मन पराएनन्। तर त्यसका बावजुत पनि सलमान स्टारर फिल्मले बक्स अफिसमा सय करोड रुपैयाँ कमाउने सूचीमा परेको छ।

फिल्मले अहिलेसम्म १०५.८६ करोड कमाएको कोइमोइले जनाएको छ।

फिल्म सलमानसँगै सोहेल खान, ओम पूरी चिनिया अभिनेत्री झु झु र मार्टिन रे टान्गुको अभिनय रहेको छ।

सय करोड क्लबमा प्रवेश गर्ने ट्युबलाईट सलमानको लगातार ११औं फिल्म हो। सर्वप्रथम सलमान अभिनित 'दबंग'ले सन् २०१० मा सय करोड कमाएको थियो। त्यसपछि सलमानका 'रेडी', 'बडीगार्ड', 'दबंग टू', 'एक था टाइगर', 'जय हो', 'किक', 'बजरंगी भाइजान', 'प्रेम रतन धव पाओ' र 'सुल्तान'ले सय करोड कमाएको थियो।

यी मध्ये केहीले २ सय/३ सय करोड समेत कमाइ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell