PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

कति ठाउँमा भइरहेको छ मत गणना? अझै २२ बुथबाट मतपेटिका ल्याइँदै



पहिलोपोस्ट

कति ठाउँमा भइरहेको छ मत गणना? अझै २२ बुथबाट मतपेटिका ल्याइँदै
फाइल फोटो

काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा बुधवार निर्वाचन सम्पन्न भएका ३ सय ३४ स्थानीय तहमध्ये २ सय २६ स्थानीय तहको मतगणना सुरु भएको छ। 

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार, हालसम्म प्रदेश नम्बर १ का ८०, प्रदेश नम्बर ५ का ८७ र प्रदेश नम्बर ७ का ५९ स्थानीय तहको मतगणना सुरु भएको आयोगले जनकारी दिएको छ। 

विभिन्न विवादका कारण १०८ स्थानीय तहको मतगणना सुरु हुन सकेको छैन। उच्च पहाडी र हिमाली जिल्लाका विकट मतदानस्थलबाट मतपेटिका हेलिकप्टरबाट ल्याइएको र २२ मतदान स्थलको मतपेटिका संकलन हुने क्रममा रहेको छ आयोगले जानकारी दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell