
विराटनगर : मतदान सकिएको २४ घण्टा भइसक्न लाग्दा पनि दोस्रो चरणमा निर्वाचनमा विराटनगर महानगरपालिका मतगणना हुन सकेको छैन।
राजनीतिक दलहरु बीच मतगणनामा प्रतिनिधि राख्ने विषयमा सहमति जुट्न नसक्दा मतगणना हुन सकेको हो। मतगणना सबै राजनितिक दलका उम्मेद्वारले एक जना गणना स्थलमा प्रतिनिधि राख्न पाउँछन्।
तर, मतगणना गर्ने स्थल सानो र प्रतिनिधिहरु धेरै हुने भएकाले मतगणना प्रभावित बनेको हो। एक राजनितिक दलले सात जना प्रतिनिधि राख्न पाउँछन्। पहिलो चरणको स्थानियतहको निर्वाचनको मतगणनमा भरतपुर महानगरपालिकामा मतगणना गर्दै गर्दा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले सुरक्षा व्यवस्था कडा बनाएको छ।