PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

कांग्रेसको आरोप : एमालेले गर्‍यो 'बुथ क्याप्चर'



पहिलोपोस्ट

कांग्रेसको आरोप : एमालेले गर्‍यो 'बुथ क्याप्चर'

काठमाडौं : नेपाली कांग्रेसले सात नम्बर प्रदेशकका दुई जिल्लाहरु बझाङ र अछाममा नेकपा एमालेका कार्यकर्ताले बुथ क्याप्चर गरेको आरोप लगाएको छ। 

जयपृथ्वी नगरपालिका वडा नं. ७ को सुलिपिपल चौर उच्च मावि केन्द्रमा एमाले कार्यकर्ता र उसको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले नेपाली कांग्रेसका प्रतिनिधिहरुलाई मतदान स्थलमा बस्न नदिएको दावी गरेको छ। प्रतिनिधि बस्न नदिएर एकलौटी मतदान गरेको कांग्रेसको आरोप छ। 

त्यस्तै अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नं. ४ को वैधनाथ मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) का कार्यकर्ता, मतदाता र उम्मेदवारहरुलाई एमालेका कार्यकर्ताहरुले निर्मम तवरले कुटपिट गरेको उल्लेख गरेको छ। कांग्रेस र माओवादी कार्यकर्तालाई मतदानस्थलबाट लखेटी एमालेले मतदान केन्द्र कब्जामा लिएको आरोप लगाएको छ। सुरक्षा निकायलाई समयमै जानकारी गराए पनि सुरक्षा निकाय मुकदर्शक बसेको समेत सत्तारुढ दलले जनाएको छ। 

त्यस्तै साँफेबगर नगरपालिका वडा नं. ६ चन्द्रोदय प्रावि भाग्यश्वर मतदान केन्द्रमा एमाले कार्यकर्ताले नेपाली कांग्रेसका प्रतिनिधिहरुलाई मतदान स्थलमा बस्न नदिई एकलौटी मतदान गरेको आरोप लगाएको छ। 

'भयरहीत वातावरणमा निर्धक्कसँग निर्वाचनमा सहभागी भई आफ्नो मत प्रकट गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि नेकपा (एमाले) ले ठाडो उल्लंघन गरेको छ,' मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'मतदान केन्द्र कब्जामा लिने, मतदातालाई डर, धाक र धम्की दिने, सुरक्षा बलको आडमा अभद्र व्यवहार गर्ने जस्ता नेकपा (एमाले) को क्रियाकलापको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ।' 

मतदान स्थलको यथार्थ छानविन गरी पुनः मतदान गराउन नेपाली कांग्रेसले निर्वाचन आयोगसँग माग गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell