PahiloPost

Mar 28, 2026 | १४ चैत्र २०८२

सिड्नी, मेलबोर्न र एडिलेड यात्रामा नेपथ्यको कन्सर्ट



पहिलोपोस्ट

सिड्नी, मेलबोर्न र एडिलेड यात्रामा नेपथ्यको कन्सर्ट

काठमाडौं: नेपथ्यले यस वर्ष फेरि श्रृंखलावद्ध प्रस्तुती लिएर अष्ट्रेलियाको सांगीतिक यात्रा गर्नेभएको छ। नेपालका विद्यार्थीहरुको अध्ययन गर्ने मुख्य गन्तव्य बनेको अस्ट्रेलियामा केही समय यता नेपथ्यले निरन्तर प्रस्तुती दिंदै आएको छ। यो पटक तीन मुख्य शहर सिड्नी, मेलबोर्न र एडिलेडमा सांगीतिक प्रस्तुती हुने भएको हो।

यो वर्षको पहिलो नेपथ्य कन्सर्ट भिक्टोरीयाको मेलबोर्न सहरमा आयोजित हुने बताइएको छ। यती एफसीको आयोजनामा जुलाइ ८ मा कन्सर्ट आयोजना हुने भएको हो। सहरस्थित प्लानेट सेकर्सको हलमा कन्सर्ट हुने छ। मेलबोर्नपछि नेपथ्यको अर्को कन्सर्ट एडिलेड सहरमा तय गरिएको छ। त्यहाँ जुलाइ १५ मा कार्यक्रम हुने बताएको छ। उक्त सहरको नरउड कन्सर्ट हलमा कार्यक्रम आयोजना हुनेछ। नेपथ्यको अन्तिम प्रस्तुती सिड्नीमा हुनेछ। जुलाइ २२ मा हुने कार्यक्रम ‘लुना पार्क’ मा हुनेछ।

'श्रोता दर्शकहरुको अपार माया पाउँदै आएको अष्ट्रेलियामा प्रस्तुतीका निम्ति सधैंजस्तै योपटक पनि हामीले विशेष तवरबाट गीतहरु छनौट गरेकाछौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘हामी अष्ट्रेलियाका हरेक प्रस्तुतीलाई अविस्मरणीय बनाउन चाहन्छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell