
डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा माओवादी केन्द्रले सुरुवातमै जित हासिल गरेको छ ।
अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका दानबहादुर खड्का विजयी भएका हुन्।
खड्का ५४८ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हिक्मत भण्डारीले ३७५ मत प्राप्त गरेका छन्।
अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका अध्यक्षसहित तीन सदस्यले तथा एमालेबाट एक सदस्यले जित हासिल गरेका निर्वाचन अधिकृत चिरञ्जीवी गिरी जानकारी दिए ।
अमरगढी–११मा एमालेको जित
११ वटा वडा रहेको अमरगढी नगरपालिकाको ११ नम्बर वडामा एमालेका सूर्यप्रकाश खड्का ३६३ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धर्मसिंह धानुकले २६० मत प्राप्त गरेका छन्। रासस