PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

नेपालमा अष्ट्रेलियाली लगानी भित्राउन परराष्ट्रमन्त्रीको आग्रह



रासस

नेपालमा अष्ट्रेलियाली लगानी भित्राउन परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–अस्ट्रेलियाबीचको आपसी सहयोग तथा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको थियो। भेटमा परराष्ट्रमन्त्री महराले नेपाल नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा यहाँ अष्ट्रेलियाली लगानी आउने विश्वास व्यक्त गरे।

उनले आर्थिक, शैक्षिक तथा अन्य क्षेत्रमा अस्ट्रेलिया सरकारले पुर्याएको सहयोगको सराहना पनि गरे। 

राजदूत बडले अस्ट्रेलियामा नेपालीको बसोबास बढेको उल्लेख गर्दै दुई देशबीच जनस्तरसम्म सम्बन्ध विकसित भएको र आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे। 

यसैबीच मन्त्री महरासँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय प्रतिनिधि पिप्पा ब्राडफोर्डले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

भेटमा उनीहरुबीच नेपाल सरकारसँग भएको खाद्य कार्यक्रमसम्बन्धी सम्झौताका विषयमा छलफल भएको उपप्रधानमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक हरि लामिछानेले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell