PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

महाकाली नगरपालिका–१ मा कांग्रेस विजयी



रासस

महाकाली नगरपालिका–१ मा कांग्रेस विजयी

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका– १ मा नेपाली कांग्रेसको समूह विजयी भएको छ। 

महाकाली– १ को वडा अध्यक्षमा कल्यानसिंह कुँवर ५७३ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुन्दनसिंह कुँवरले ५३१ मत प्राप्त गरेका छन्।

महिला वडा सदस्यमा नारा कार्की, दलित सदस्यमा मीना भुल तथा खुला सदस्यमा कम्मानसिंह कुँवर र महेशसिंह कुँवर विजयी भएका छन्। सो वडामा कुल एक हजार १८८ जनाले मतदान गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell