
रुपन्देहीः रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ९ मा नेकपा एमाले विजयी भएको छ।
सैनामैना ९ को वडा अध्यक्षमा एमालेका डोलराज भण्डारीको प्यानल विजयी भएको हो। भण्डारी ७५३ मत प्राप्त गरी विजयी भएका हुन्।
महिला सदस्यमा सीता पौड्याल, दलित महिला सदस्य बन्दना विक, सदस्यहरु खेमबहादुर मगर र कमला चौधरी विजयी भएका छन्।