
रुपन्देहीः रुपन्देहीको तिलोत्तमा–५, मणिग्रामस्थित क्रिमसन अस्पतालमा क्याथ ल्याव सेवा सुरु गरिएको छ।
मुटु रोगको उपचारलाई थप प्रभावकारी गराउन अस्पतालले क्याथ ल्याव सञ्चालनमा ल्याएको हो। अस्पतालले सुरु गरेको क्याथ ल्यावमा पहिलो पटक रुद्रपुरका बुद्धिराम थारुको एन्जियोग्राम गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लक्ष्मण दुवेले जानकारी दिए।
मुटुको उपचारपछि थारु बिहीबार अस्पतालबाट डिष्चार्ज भएका छन्। झण्डै ८ करोड रुपैयाँको लगानीमा क्याथ ल्याव सेवा सुरु गरिएको अस्पतालका निर्देशक डा. शेखर प्रसाद पोखरेलले जानकारी दिए।
हृदयघात भएका बिरामीलाई तत्काल एन्जियोग्राम र एन्जियोप्लाष्टी गर्नुपर्ने भएकोले मुटु रोगको उपचारमा क्याथ ल्यावलाई महत्वपूर्ण मानिन्छ।