PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार कमल कोइरालालाई



रासस

काठमाडौँ : जननेता मदन भण्डारीको सम्मानमा नेकपा एमाले केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ यसवर्ष वरिष्ठ पत्रकार कमल कोइरालालाई प्रदान गरिने भएको छ। 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टको अध्यक्षतामा वरिष्ठ पत्रकार तीर्थ कोइराला, शार्दूल भट्टराई र शीतल साह रहेको छनोट समितिको सिफारिसमा निर्णय गरिएको प्रचार विभागका सचिव विष्णु रिजालले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ। पुरस्कारको राशि ५० हजार रुपैयाँ छ। 

विगत पाँच दशकदेखि लेखन र सम्पादनमा संलग्न कोइरालाले ‘दृष्टि’, ‘जनआस्था’, ‘रोडम्याप’लगायतका साप्ताहिक पत्रिकामा संलग्न हुनाका साथै विभिन्न पत्रिकामा स्तम्भकार छन्। 

गतवर्ष यो पुरस्कार वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई प्रदान गरिएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell