PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

काठमाडौं महानगरका ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य सेवा सुरु



रासस

काठमाडौँः काठमाडौँ महानगरपालिकाले आजदेखि महानगरभित्रका ८८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य सेवा सुरु गरेको छ । 
महानगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक सोचको विकास एवम् उनीहरुमा भएका रोगको निदान गरी स्वस्थ्य जीवन बाँच्न प्रेरित गर्ने उद्देश्यले महानगरपालिकाले सो अभियान सुरु गरेको हो। अभियानको आज प्रमुख विद्यासुन्दर शाक्य थालनी गरे। 

अभियान सुरुसँगै अब नियमित रुपमा महानगरका ज्येष्ठ नागरिकले उपचार पाउने छन्। महानगरको यही असार ६ गतेको दोस्रो कार्यपालिका बैठकले सो अभियान सुरु गर्ने निर्णय गरेको थियो। 

महानगरको ३२ वटै वडालाई आठ वटा क्षेत्रमा विभाजन गरी आज पहिलो नन्दी रात्रि मावि, वडा नं १ नक्साल क्षेत्रबाट ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण एवम् नागरिकको घरमै गएर स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको हो।

अठासी वर्ष उमेर पूरा भएका महानगरका ५९६ व्यक्तिको घरमा महानगरका प्रतिनिधि पुग्नेछन्। यसरी घरमा जाने टोलीमा चिकित्सक, स्टाफ नर्स, अनमी र अहेब एक/एक जना हुनेछन् । 

आज पहिलो दिन वडा नं १ मा छ जना वृद्धालाई १२ हजार रुपैयाँ महानगर भत्ता वितरण गर्नाका साथै स्वास्थ्य परीक्षण गरिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell