PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

ताप्लेजुङको मेरिङ्देन–६ मा एमालेको प्यानलै विजयी



रासस

ताप्लेजुङको मेरिङ्देन–६ मा एमालेको प्यानलै विजयी

ताप्लेजुङ : ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–६ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। परिणामअनुसार अध्यक्षमा ३९२ मतका साथ ठाकुरसिंह लिम्बू विजयी भएका छन् भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जयनारायण नाल्बोले २२६ मतन प्राप्त गरेका छन्। 

त्यसैगरी, मैवाखोला गाउँपालिका–६ मा एमालेको प्यानलै विजयी भएको छ । सो वडामा २७३ मतका सात विष्णुकुमार नियोङ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सन्तकुमार थुप्राले ३३७ मत प्राप्त गरेका छन्। 

श्रीगङ्गा गाउँपालिका–१ मा एमालेको प्यानलै विजयी भएको छ। सो वडामा एमाले उम्मेदवार उर्मिला थेवे ५०७ मतका साथ विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनिल थेवेले ३५४ मत प्राप्त गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell