
काठमाडौं : राजधानी आर्चरी च्याम्पियनसिप भोलीबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा सञ्चालन हुने प्रतियोगिता शुक्रबार र शनिबार दुई दिन चल्नेछ।
राजधानी न्युज पब्लिकेशनको १७औं बार्षिकोत्सवको अवसरमा हुन लागेको प्रतियोगितालाई नेपाल आर्चरी संघले प्राविधिक सहयोग गर्नेछ।
प्रतियोगितामा ट्रेडिस्नल एन्ड स्ट्यान्डर्ड बो, रिकर्भ र कम्पाउन्ड विधामा महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। प्रत्येक इभेन्टका महिला तथा पुरुष स्वर्ण पदक विजेता खेलाडीले समान ५० हजार नगद पुरस्का पाउनेछन्। त्यसैगरि रजत विजेताले २५ तथा कास्य विजेताले १५ हजार पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताको खुला ट्रेडिसनल पुरुषतर्फको इभेन्टमा सबैभन्दा बढि ३६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगितामा नेपाल छन्त्याल समाज, कास्की, अन्नपूर्ण आर्चरी क्लब, दि बेष्ट आर्चरी, थासाङ स्पोर्टस क्लब, थकाली सेवा समाज, मनाङ मर्स्याङदी क्लब, बेनी स्पोर्टस क्लब, म्याग्दी मगर समाद, पोखरा, एचविवाइसी, नेपाल छन्त्याल क्लब, छन्त्याल एसोसिएसन, युनाइटे मुस्ताङ क्लब, नेपाल आर्मी, राजधानी र कास्कीको टिमको सहभागिता रहेको छ।