
बाजुराः बाजुराको बूढीगङ्गा नगरपालिका–१ मा नेपाली कांग्रेसका समूह विजयी भएको छ।
काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार राजेश सिंह ३३६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर सिंहले ३२१ मत प्राप्त गरेका छन्।
बूढीगङ्गा नगरपालिका– १ मा कांग्रेसका महिला सदस्य मोतिकला थापा, दलित महिला सदस्य सुर्जादेवी परी, खुला सदस्य ललित थापा र चक्र थापा विजयी भएका छन्। रासस