PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

बझाङमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, ३ जना घाइते



रासस

बझाङमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, ३ जना घाइते


बझाङ : स्थानीय निर्वाचनका सन्दर्भमा आपसी विवाद हुँदा छबिस पाथिभेर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। 

झडपमा मतगणना प्रतिनिधिसहित तीन घाइते भएका छन् भने छजना केन्द्रका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

घाइतेमध्ये वडा नं– ५ का मतगणना प्रतिनिधि एवम् अनेरास्वियुका केन्द्रीय सम्पर्क विभागका सचिव सागर भट्टको खुट्टा भाँचिएको छ। यस्तै एमालेका कार्यकर्ता सुवास भट्टको टाउँको र कानमा चोट लागेको छ, भने अर्का कार्यकर्ता सिद्धराज थापाको हात भाँचिएको प्रहरीले जानकारी दिएको छ। 

बुधबार साँझ मदिरा खाएर होहल्ला गरिरहेका माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिन आफूहरुले प्रहरीलाई खबर गरेको र त्यही रिसमा आज केन्द्रका कार्यकर्ताले आक्रमण गरेको घाइते भट्टले बताए। 

केन्द्रले जिल्ला बाहिरबाट गुण्डा मगाएर आफूहरुलाई कुटाइएको आरोप लगाएको छ । यता माओवादी केन्द्रका सांसद जनक बुढाले दोहोरो झडपमा आफ्ना तर्फका पनि पाँचजना कार्यकर्ता घाइते भएका र ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्। 

प्रहरी निरीक्षक रामबहादुर चन्दले झडपले उग्ररुप लिएपछि लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell