PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

इलाम नगरपालिका १२ मा कांग्रेसको प्यानलै विजयी



पहिलोपोस्ट

इलाम नगरपालिका १२ मा कांग्रेसको प्यानलै विजयी

इलाम: स्थानीय तह निर्वाचनको प्राप्त मतगणनाको नतिजाअनुसार इलाम नगरपालिका–१२ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ।

मतगणनाको नतिजाअनुसार कांग्रेसका वडाध्यक्षका उम्मेदवार लाखमान लिम्बूले ७२४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चक्रबहादुर लिङदमले ६७१ मत प्राप्त गरे।

वडाको महिला सदस्यमा नेकाकी प्रमिला लिम्बूले ७६६, दलित महिला सदस्यमा कुमारी लुहागुनले ७८६, खुल्ला सदस्यमा नरसिंह एक्तेन र भानुभक्त घिमिरेले क्रमशः ७४९ र ६९८ मत ल्याएर विजयी भएका छन्।

 

सन्दकपुर–१ मा माओवादी केन्द्र विजयी

इलामको सन्दकपुर गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार नन्दकुमार राई विजयी भएका छन्। राईले ३८० मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गणेश राईले ३०५ मत पाए।

यसैगरी, खुल्ला सदस्यमा नेकपा एमालेका तेजबहादुर राई र माओवादी केन्द्रका रहरकुमार थुलुङ विजयी भएका छन्। सोही वडाका दलित महिला सदस्यमा एमालेकी दिलमाया विक र सदस्य पदमा माओवादी केन्द्रबाट सिद्धार्थ राई विजयी भएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell