PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

पर्सामा ६ महिनामा १६ मानवअधिकार उलङ्घनका घटना



राधेश्याम पटेल

पर्सामा ६ महिनामा १६ मानवअधिकार उलङ्घनका घटना

वीरगञ्ज: पर्सा जिल्लामा पछिल्लो ६ महिनामा १६ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन्। वीरगञ्जमा सम्पन्न नेपाल मानवअधिकार बर्ष पुस्तक २०१८ अर्ध बार्षिक पूर्व समीक्षामा यस्तो तथ्याङ्क पेस गरिएको हो।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्सा प्रतिनिधि केसी लामिछानेले सन् २०१७ को जनवरीदेखि अहिलेसम्म पर्सामा बलात्कारका ५, बलात्कार प्रयासका ३, हत्याका ४, मानव बेचविखन र बहुविवाहका २÷२ तथा अपहरण तथा शरीर बन्धकको एक घटना घटेको जानकारी दिए।

कार्यक्रममा पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले समाजमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा प्रहरीबाट पनि कतिपय अवस्थामा मानवअधिकार उल्लङ्घनका घटना घट्न सक्ने बताए। पर्सामा जनचेतना अभावका कारण बलात्कार जस्ता जघन्य अपराधका घटनामा पनि मिलापत्र हुने गरेको जोशीले बताए।

जिल्लाको मानवअधिकारको अवस्था सुदृढ गराउन सवै एक ठाउँमा उभिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell