PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

विराटनगरमा १२ घन्टामा ३५० मत गनियो, कांग्रेसलाई प्रारम्भिक अग्रता



पहिलोपोस्ट

विराटनगरमा १२ घन्टामा ३५० मत गनियो, कांग्रेसलाई प्रारम्भिक अग्रता
तस्बिर : फाइल

विराटनगर: विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसले प्रारम्भिक अग्रता लिएको छ। यस महानगरपालिकाको बिहीबार साँझ ५ः३० बजेदेखि वडा नं १ को सुरु भएको मतगणनाको आज बिहान ६ बजेसम्ममा ३५० मतको गिन्ती सम्पन्न भएको छ।

सो अनुसार महानगरको प्रमुख पदमा नेकाका भीम पराजुलीले १५२, नेकपा एमालेका विनोद ढकालले ९७, सङ्घीय समाजवादी फोरमका उमेश यादवले आठ र राप्रपाका प्रह्लाद साहले ६ मत प्राप्त गरेका छन्।

सोहीअनुरुप उपप्रमुख पदमा नेकाका इन्दिरा कार्कीले ११५, नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले ५७, नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेले ४७ मत प्राप्त गरेकी छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell