
रुपन्देहीः बुटवल उपमहानगरपालिका वडा नं १ र २ मा नेकपा एमालेको प्यानल विजयी भएको छ। वडा नं १ मा महेन्द्र लिगलको प्यानलमा ४ एमाले र एक महिला सदस्यमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ।
यस्तै, वडा नं. २ मा पनि एमालेका रमेश नेपालको टिम विजयी भएको छ। उपमहानगरको मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवारको अग्रता कायमै छ।
यस्तै, सैनामैना नगरपालिकामा पनि नेकपा एमालेले अग्रता कायम राखेको छ। अहिलेसम्म २ वडामा एमाले विजयी भएको छ। वडा नं. १ मा डोलराज भण्डारीको टिम विजयी भएको छ। वडा नं. २ मा कामदेव भुसालको प्यानल विजयी भएको छ।
रुपन्देहीमा बुटवल उपमहानगरसहित, सैनामैना र तिलोत्तमा नगरमा एमालेले अग्रता लिएको छ। देबदह र सिद्धार्थनगर नगरपालिकामा कांग्रेसले अग्रता कायम राखेको छ।