
झापा : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगरमा राप्रपाले विजयी सुरुवात गरेको छ ।
नेपालकै होचो ठाउँका रुपमा चिनिएको कचनाकवल गाउँपालिकामा राप्रपाले जित सुरुवात गरेको हो। कचनाकवल गाउँपालिका–१ मा राप्रपाका लक्ष्मीनारायण यादव ८६० मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रुद्रमणि दाहालले ७३२ मत प्राप्त गरे।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपा र नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। दमक नगरपालिका–१ मा अध्यक्ष पदका लागि राप्रपाका ताराप्रसाद अधिकारी र नेकपा एमालेका हरि न्यौपानेले बराबर ८०१/८०१ मत प्राप्त गरेपछि अहिले के गर्ने भन्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ।
यसअघि राप्रपाले जित हासिल गरेको भनिएको थियो। तर नेकपा एमालेले पुनः मतगणना गर्न माग गरेपछि अधिकारी र न्यौपानेको मत बराबर आएको र अनिर्णित नै रहेको छ। रासस