
बाँके : बाँकेको कोहलपुर नगरपालिका–१ मा नेकपा एमालेका गोपी खनाल अध्यक्षमा निर्वाचित भएका छन्।
खनाल ५०९ मतका साथ अध्यक्षमा विजयी भएका हुन्। वडा नं १ मा खनालसँगै एमालेको सम्पूर्ण प्यानल नै विजयी भएको हो ।
उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवारले ३४४ मत र नेपाली कांग्रेसका उम्मेदवारले २८० मत प्राप्त गरेका थिए । रासस