PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

 झापामा एमाले र माओवादी केन्द्रको विजयी सुरुवात



रासस

 झापामा एमाले र माओवादी केन्द्रको विजयी सुरुवात

झापाः झापामा नेकपा एमाले र नेकपा माओेवादी केन्द्रले खाता खोलेका छन्। बाह्रदशी गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी भएको छ भने बुद्धशान्ति गाउँपालिका–७ को वडा अध्यक्षमा माओवादी केन्द्र र अन्य चार पदमा एमालेले जितेको छ। 

बाह्रदशी गाउँपालिका–१ मा एमालेका शम्भूसिंह राजवंशी ५०० मत ल्याएर विजयी भएका छन्।

त्यस्तै, प्राप्त पछिल्लो मत परिणामअनुसार गाउँपालिका अध्यक्षका लागि कांग्रेसका खड्प्रसाद राजवंशीले ६१४ र उपाध्यक्षमा रत्ना राजवंशीले ५८३ मत प्राप्त गरेका छन् भने एमालेका अध्यक्षका उम्मेदवार लक्ष्मण पाठक ४५८ र उपाध्यक्ष गङ्गा धमला ४६९ मतका साथ पछ्याई रहेका छन्। 

बुद्धशान्ति गाउँपालिका–७ मा भने नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद पौडेल ३०८ मत ल्याएर विजयी भएका छन् भने अन्य चार पदमा एमालेका उम्मेदवार विजयी भएका छन्। 

बुद्धशान्ति–७ मा अध्यक्ष पदका लागि कांग्रेस २४५, नेकपा एमालेले २६८ र नेकपा माओवादी केन्द्रले १८२ मत ल्याएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell