PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

प्रेमगीत २ : अफिसियल पोस्टर रिलिज, आजदेखि देश कन्सर्ट



पहिलोपोस्ट

प्रेमगीत २ : अफिसियल पोस्टर रिलिज, आजदेखि देश कन्सर्ट

काठमाडौं: फिल्म 'प्रेमगीत २' को पोस्टर सार्वजनिक भएको छ। साउन १३ गतेबाट प्रदर्शनमा आउने फिल्मले प्रचारका लागि अफिसियल पोस्टर रिलिज गरेको हो। पोस्टरहरु टौवा क्रिएसनले तयार गरेको हो।

प्रदीप खड्का, अश्लेषा ठकुरी र सन्तोष सेनको मुख्य अभिनय रहेको फिल्मको पोस्टरले यीनै पात्र बिचको प्रेम र द्वन्द्व चित्रण गर्छ। टौवा क्रिएसनका डिजाइनर सान थापाले भने,'फिल्मको नामले नै प्रेमकथा चित्रण हुने कोणबाट पोस्टर डिजाइनको माग गर्छ।'



रामशरण पाठक निर्देशित फिल्म पोस्टरसँगै देश दौडाहालाई प्रचारको माध्यम बनाउने तयारीमा छ। दौडाहा अन्तर्गत कन्सर्ट केन्द्रमा रहने बताइएको छ। तनहुँको दमौलीदेखि सुरु हुने कन्सर्ट टुर पोखरा, नेपालगंज हुँदै पूर्वी सहरमा जाने तयारी छ। शुक्रबारबाट यात्रामा निस्किएको छ।



फिल्मको पोस्टप्रोडक्सनको काम सक्किएको छ। नेपाल, म्यानमार र थाइल्यान्डमा छायाँकन गरिएको फिल्ममा अन्तर देशिय प्रेमकथा प्रस्तुत गर्छ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell